पदाधिकारी र केन्द्रीय सदस्य छान्ने अधिकार ओलीलाई दिएपछि रावलको विरोध – उमेदवारी दिन्छु

चितवन । पदाधिकारी र केन्द्रीय सदस्यको नामावली प्रस्ताव गर्ने अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिइएको निर्णयप्रति उपाध्यक्ष भीम रावलले विरोध गरेका छन् ।

शनिबारको बन्दसत्रमा रावलले आफूले उक्त निर्णय आफूलाई मान्य नुहने र उम्मेद्वारी घोषणा गर्ने बताएका हुन् ।

“ मैले अध्यक्षमा उमेदवारको घोषणा गरिसकेको छु । यो मान्य हुन सक्दैन । मैले उमेदवारी दिन्छु । अरु कमरेडहरुले पनि दिनुहुन्छ । यो अधिकार कुनै हालतमा कुण्ठित गर्न मिल्दैन । कुण्ठित हुँदैन,” बैठकमा रावलले भने ।

बन्द सत्रको हलमा ओलीलाई उक्त अधिकार दिने प्रस्ताव उपमहासचिव विष्णु पौडेलले प्रस्ताव गरेका थिए । हलले उनको प्रस्ताव पारित गर्दै ओलीलाई उक्त अधिकार प्रत्यायोजन गरेको हो ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.