सहमतिबाटै पदाधिकारी चयन प्रक्रिया अन्तिम चरणमा पुगेको छ : बस्नेत

काठमाडौं । नेकपा एमालेका युवा नेता महेश बस्नेतले नेतृत्व चयन अन्तिम अवस्थामा पुगेको बताएका छन् । 

ओली सहमतिबाट पदाधिकारी तथा केन्द्रीय सदस्य चयनका लागि छलफलमा जुटिरहेका बेला बस्नेतले सो कुरा बताएका हुन् । 

लगभग सबै पदमा सहमति भएको छ । त्यसमा भीम रावलको केही असन्तुष्टि कायम रहेकाले उहाँलाई पनि राखेर टुंग्याउने तयारी भइरहेको छ । हामीले बनाएको वर्गीकरणबमोजिम सबै कुरा अन्तिम चरणमा पुगेको छ । पदाधिकारीमा चर्चामा रहेकै नाम पदाधिकारीको नाममा आउनेछन्,’उनले क्विक नेपालसँग भने । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.