काठमाडौं । उपाध्यक्ष भीम रावल र महासचिव ईश्वर पोखरेलबीच भेट भएको छ ।
अध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गरेका रावललाई भेट्न पोखरेल आइतबार रावल भेट्न उनी बसेको होटलमा पुगेका थिए ।
पोखरेलले ओलीको सन्देश रावललाई र रावलको धारणा ओलीलाई सुनाएको आकलन गरिएको छ। ओलीले अन्य पदमा सहमतिमै व्यवस्थापन गर्ने प्रयास गरेको भए पनि रावलले अडान नछाड्दा निर्विरोध अध्यक्ष बन्ने सम्भावना टार्दै गएको आकलन गरिएको थियो।