कांग्रेस अधिवेशनः अछाम १ मा पुनः मतदान हुने

अछाम । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत क्षेत्र नम्बर १ अछाममा पुनः मतदान हुने भएको छ । यही मंसिर ६ गते भएको निर्वाचनमा बढी मत खसेको भन्दै पुनः मतदान हुने भएको हो ।

चार दिनदेखिको रस्साकस्सीपछि पुनः मतदान हुने सहमति भएको हो । मंसिर १३ गते सोमबार पुनः क्षेत्रीय अधिवेशन हुने निर्वाचन समितिले जनाएको छ ।

अछाम क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका कूल ७ सय ६९ रहेकोमा ७ सय ४७ मत खसेको थियो । महाधिवेशन प्रतिनिधिको मतगणनाका क्रममा पहिलो मतपेटिका गणना भइसकेपछि दोस्रो मतपेटिका गणनाको क्रममा मतहरू रुजु गर्ने क्रममा ७ सय ७८ मत पुगेपछि विवाद उत्पन्न भएको थियो ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.