काठमाडौं । नेकपा एमालेका नेता तथा संसदीय दलका नेता सुवास नेम्वाङले सहमतिका लागि तीन विकल्प अघि सारेका छन् । सहमतिका लागि अध्यक्ष ओली जुट्दा पनि सहमतिमा पदाधिकारी चयन हुन नसक्दा नेम्वाङले सो प्रस्ताव अघि सारेका हुन् ।
नेम्वाङले गरेको प्रस्तावमा पहिलो नम्बरमा वरिष्ठ उपाध्यक्ष पद नै खारेज गर्ने,दोस्रोमा दुई वरिष्ठ उपाध्यक्षको व्यवस्था गर्ने र तेस्रोमा तेस्रोमा निर्वाचन गर्ने छ ।
नयाँ नेतृत्व चयनका लागि सौराहमा चलिरहेको महाधिवेशनमा नयाँ कमिटीको नाम प्रस्ताव गर्ने सर्वाधिकार लिएका ओलीलाई नेताहरु विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र पृथ्वी सुब्बा गुरुङले ३०१ केन्द्रीय सदस्यको सूची बुझाइसकेका छन् ।
वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र नेम्वाङको दाबी छ ।