ताप्ली गाउँपालिकामा पोखरेल निर्वाचित

उदयपुर । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र ताप्ली गाउँपालिकाको दोस्रो अधिवेशनले गुरुप्रसाद पोखरेलको अध्यक्षतामा ६५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । माओवादी केन्द्रको देशैभरि एकै पटक पालिका स्तरीय अधिवेशन भएको थियो ।

ताप्ली गाउँपालिकाको दोस्रो अधिवेशनबाट पोखरेलको अध्यक्षतामा ६५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । जसमा उपाध्यक्ष फत्त ज्यु ठकुरी, महिला उपाध्यक्षमा रेनुका बुढाथोकी, उपाध्यक्षमा गोकुल सेन, सचिवमा भोजराज मगर, सहसचिव चित्रबहादुर मगर र कोषाध्यक्षमा अमृतामाया बिक चयन भएको नेकपा माओवादी केन्द्रले जनाएको छ ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.