काठमाडौं । आइतबार बिहान १० बजे सुरु हुने भनिएको बन्दसत्र अझै सुरु भएको छैन ।
सहमतिबाटै पदाधिकारी र केन्द्रीय सदस्य टुंगो लगाउन अध्यक्ष लागिपर्दा बन्दसत्र सुरु हुन ढिला भएको हो ।
सहमतिबाट पदाधिकारी टुंगो लगाउन खोज्दा उल्टै विभिन्न दबाब समूह सिर्जना हुने संकेत देखिँदैछन् । जसमध्ये एक समूहले रावल, घनश्याम त बादल पदाधिकारी रहेनन भने महाधिवेशनको अर्थ रहँदैन भन्दै नेतृत्वलाई दबाब दिन सुरु गरिसकेको छ । रावलले अध्यक्षमा, भुसालले वरिष्ठ उपाध्यक्षमा र बादलले पनि वरिष्ठ उपाध्यक्षमै दाबी गरेका छन् ।
यता अध्यक्ष केपी शर्मा ओली सहमतिमा पदाधिकारी चयन गर्न नसक्दा पार्क सफारीबाट बाहिर निस्किएका छैनन् । एकता पक्षधरका नेताहरूले भीम रावल, रामबहादुर थापा र घनश्यामसहितकै सहमति खोज्ने प्रयास गरिरहेका छन् । महाधिेशनमा देखिएकाले आजै एमाले महाधिवेशन लम्बिने सम्भावना देखाएको छ ।
तर, शेरबहादुर तामाङ भने निर्धारित समयमै महाधिवेशन सकिने बताउँछन् । उनको यो भनाइलाई आधार मान्ने हो भने आज राति १२ बजेअगावै महाधिवेशन सकिनुपर्छ ।