काठमाडौं । बन्दसत्र हलमा प्रतिनिधिहरु प्रवेश गर्न सुरु गरेका छन् ।
निर्धारित समयभन्दा १० घण्टापछि बन्दसत्र हुने भएपछि उनीहरु बन्दसत्रहलमा प्रवेश गरेका हुन् ।
आइतबार १० बजेबाट सुरु हुने भनिएको बन्दसत्र साँझ ७ बाजे र त्यसपछि ८ बजेका लागि सारिएको थियो । यो सामग्री तयार पर्दासम्मम लगभग ९ बज्न लगेको छ ।
अहिले बन्दसत्रस्थल होटल सेभेन स्टार प्रतिनिधिको चहलपहल बढेको छ । सुरक्षा चेकजाँच गरेर प्रतिनिधिलाई बन्दसत्र हलमा प्रवेश गराइँदै छ ।
ओलीसँगको छलफलपछि उनी निकटका नेताहरु होटल सफारीबाट बाहिरिएका छन् । उनीहरु बन्दसत्रस्थल आउने क्रम जारी रहेको प्रतिनिधिहरुले बताएका छन् ।