काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनका क्रममा केन्द्रीय सदस्यमा पनि निर्वाचन हुने भएको छ ।
अध्यक्ष केपी शर्मा ओलीले सात प्रदेशबाट गरेको प्रस्तावभन्दा बाहेकले उम्मेदवारी दिएपछि निर्वाचन हुने भएको हो ।
सम्पर्क समन्वयतर्फ महिला कोटामा कल्पना थापाको नाम हलमा प्रस्ताव गरिएकोमा सो पदमा जानुका रोकाले बागी उम्मेदवारी दिएकी छन् ।
यसका अलावा अन्य सदस्यविरुद्ध पनि बागी उम्मेदवार उभिएका छन् ।