चितवन । नेकपा एमालेको महाधिवेशन र विधान अधिवेशन गरी कुल गरी कुल १३ करोड ७१ लाखभन्दा बढी खर्च हुने भएको छ ।
केन्द्रीय केन्द्रीय कार्यालय सचिव शेरबहादुरका अनुसार दुवै अधिवेशनमा गरी उल्लेखित रकम खर्च हुने भएको हो ।
तामाङका अनुसार ललितपुरमा भएको प्रथम विधान महाधिवेशनमा चार करोड ७१ लाख भएको थियो ।
त्यसैगरी, चितवनमा भएको महाधिवेशनमा ९ करोड खर्च हुन सक्ने उनको अनुमान छ । ‘सात करोड ५० लाख अनुमान गरिएकोमा दुई दिन लिम्बँदा नौ करोड खर्च हुन पुग्ने अनुमान गरेका छौँ । दुई दिन महाधिवेशन लम्बिनी अप्रत्यासित नै भयो । यसले अलि बढी खर्च भयो । महाधिवेशन लम्बिँदा खान बस्ने एक करोड ५० लाख खर्च भयो । महाधिवेशन स्थलमा पत्रकारसँग कुरा गर्दै तामाङले भने, ‘जम्मा सात करोड ५० लाखको बजेट बनाएका थियौँ । तर, दुईदिन लम्बिँदा सात करोड ५० लाखमा थप एक करोड ५० लाख रुपैयाँ खर्च बढ्ने सम्भावना छ । सबै बिलहरू आइसकेपछि थाहा हुन्छ ।’