'अबको २ घण्टामा मत गणनाको नतिजा आउँछ' : योगेश भट्टराई

काठमाडौं । मंगलबार विहान ४ बजेदेखि सुरु भएको नेकपा एमालेको निर्वाचन सकिएको छ । निर्वाचन सकिएको करिब २ घण्टापछि निर्वाचन समितिले मत परिणाम सार्वजनिक गर्ने एमाले नेता योग भट्टराईको भनाई छ ।

एमालेको आसन्न दशौं महाधिवेसनमा सर्वसम्मत पदाधिकारी चयन गर्ने प्रयास असम्भव भएपछि निर्वाचन सुरु गरिएको थियो । निर्वाचनमा कुल २१ सय ५३ मतदाता रहेकोमा मत भने २१ सय १४ मात्र खसेको भट्टराइले बताए । ‘मतदान सकिएलगत्तै केही मुचुल्का उठाएर मतगणनाको थालनी हुनेछ,’ भट्टराईले भने, ‘निर्वाचन आयोगका अनुसार बढीमा डेढ दुई घण्टामा मत परिणाम सार्वजनिक हुनेछ ।’

तेकिएको मितिभन्दा केही समय मतदान सुरु भएकोले केही मतदाता फर्किएको भट्टराई बताउँछन् । यत्ति हुँदाहुँदै पनि ९६ प्रतिशत मत खसेको उनले बताए । तीन दिनको समय तोकेको महाधिवेशनको समय दुई दिन बढी लम्बिएपछि प्रतिनिधिका लागि मंगलबार बिहानको नास्ताको व्यवस्था गरिएको छ । कार्यालय कामकाजबाहेक अन्य प्रतिनिधि आजै महाधिवेशनस्थलबाट प्रस्थान गर्ने भट्टराईले बताए ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.