लोहनीले गरे लिङ्देनलाई अध्यक्षमा समर्थन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले राजेन्द्र लिङ्देनलाई अध्यक्षमा समर्थन जनाएका छन् ।

मंसिर १५ बाट काठमाडौंमा राप्रपाको महाधिवेशन हुँदै छ । सो क्रममा लोहनीले मंगलबार लिङ्देनलाई भावी अध्यक्ष पदमा समर्थन जनाएका हुन् । 

यस महाधिवेशनमा अध्यक्षका लागि कमल थापा र राजेन्द्र लिङदेनले उम्मेदवारी घोषणा गरेका छन् । थापाले हिजो र लिङदेनले केही दिनअघि उम्मेदवारी घोषणा गरेका थिए । यद्यपि यसअघि राप्रपाका तीन धार थापा,राणा र लोहनी एक ठाउँ नउभिन्जेल लिङ्दन थापा खेमामा थिए ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.