काठमाडौं । दोस्रो पुस्ता नेतृत्व गर्न सक्षम भएकोले अग्रजहरुकै अभिभावकत्वमा आफूले पार्टीको अध्यक्ष बन्न उम्मेद्वारी दिइएको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पदका उम्मेद्वार तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देनले बताए । साथै आफूले अध्यक्ष पदमा उम्मेद्वारी दिँदै गर्दा अग्रज दाइहरुले अपमानित हुन नपर्ने समेत उनले बताएका छन् ।
मंगलबार एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनेका छन्, तपाइहरुले उत्पादन गरेको पुस्ता पनि पार्टी नेतृत्व गर्न योग्य भयो, हामी नेतृत् वगर्न सक्छौं भनेर अग्रजहरुकै अभिभावकत्वमा तपाइहरु जिउँदो हुँदै राप्रपालाई नेपालको एक नम्बर पार्टी बनाउन सक्छौं भनेर आँट गर्यौं ।
उनको अध्यक्ष पदमा भएको दाबीलाई उमेर नपुगेको, बेला नभएको भन्नेहरु तर्फ लक्षित गर्दै उनले भनेका छन्, राजाको आशिर्वाद लिएर ३० ४० वर्षमा मन्त्री हुनुभएका तपाइहरुलाई त्यो बेला कति बुढोपाकोले माने होलान् ? उनले जीवनको अवस्था र उमेरलाई मात्र हेरेर नेतृत वगर्न सक्ने र नसक्ने भनेर मूल्याङ्कन गर्न नहुने उनले बताए ।
साथै आफ्नो अध्यक्ष पदका लागि उमेद्वारी दिँदै गर्दा अग्रज दाइहरुले अपमानित महसुस नगरिदिन समेत उनले आग्रह गरेका छन् ।