नेकपा एमालेको अध्यक्षमा पुन: ओली

काठमाडौं । नेकपा (एमाले) को दशौं महाधिवेसनबाट केपी शर्मा ओली अध्यक्ष पदमा निर्वाचित भएका छन् । अध्यक्ष पदका लागि केपी शर्मा ओली र भीम रावलबीच भएको प्रतिस्पर्धामा रावललाई फराकिलो मतले पछि पार्दै ओली विजय भएका हुन् ।

अधिवेशनले पदाधिकारी र केन्द्रीय सदस्यको नामावली चयन गर्ने अधिकार केपी ओलीलाई दिइएको थियो । तर, एमाले नेता भीम रावल, घनश्याम भुसाललगायतले ओलीलाई दिइएको जिम्मेवारीप्रति असन्तुष्ट व्यक्त गर्दै मतदानमा जाने निर्णय गरेका थिए ।

सोमबार सर्वसम्मतिले पदाधिकारी चयन हुन नसकेपछि अध्यक्ष, उपाध्यक्ष, महासचिवलगायत पदका लागि मंगलबार बिहान चार बजेबाट मतदान सुरु गरिएको थियो ।

करिब सात घण्टा लामो मतदानपछि सुरु भएको मतगणना परिणामले एमाले अध्यक्षमा पुन केपी शर्मा ओली विजय भएका हुन् । ओलीको विजय भने एकैपटक मतपत्र सार्वजनिक गरेर घोषण गर्ने तयारी रहेको निर्वाचन समितिले जनाएको छ ।

को हुन ओली (संक्षिप्तमा)

विसं २००८ साल फागुन ११ उनको जन्म भएको थियो । नवौँ महाधिवेशनमा अध्यक्ष पदमा निर्वाचित भएका ओली चितवनमा भएको १०औँ महाधिवेशनबाट पनि अध्यक्ष पदमा निर्वाचित भएका छन् । उनी यसअघि विभिन्न समयमा  गृहमन्त्री, उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री छन् ।

ओली विक्रम संवत् २०४८ सालमा झापा क्षेत्र नम्बर ६ र २०५९ सालमा झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनी विक्रम संवत् २०५१ देखि २०५२ सम्म गृहमन्त्री थिए। २०६४ देखि २०६५ सम्म उनी उपप्रधान एवम् परराष्ट्रमन्त्री भएका थिए।

नेकपा एमालेको प्रतिनिधित्व गर्दै विसं २०७२ असोज २४ मा पहिलो पटक उनी नेपालको ३८ औँ प्रधानमन्त्री भएका थिए ।

२०७२ मा भारतको नाकाबन्दीविरुद्ध खरो रुपमा उत्रिएका उनी त्यसयता राष्ट्रियताको विषयमा शतिशाल झै अडिग छन् ।२०७७ सालमा संसदबाट नेपाल-भारतबीचको विवादित लिम्पियाधुरालगायत भूमिलाई संविधानको अंग र नेपालको नक्सामा समेटी प्रकाशन गरेयता उनी राष्ट्रवादको सवालमा अझ सुपरिचित छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.