काठमाडौं । नेकपा एमालेको १० औँ महाधिवेशनबाट पूर्वमाओवादी धारका तीन जना पदाधिकारीमा निर्वाचित भएका छन् ।
मंसिरमा भएको महाधिवेशनका क्रममा पदाधिकारीमा उम्मेदवारी दिएकामध्ये सबै निर्वाचित भएका हुन् ।
मंगलबार सम्पन्न निर्वाचनको मतपरिणामअनुसार उपाध्यक्षमा रामबहादुर थापा बादल तथा सचिवमा टोपबहादुर रायमाझी र लेखराज भट्ट विजयी भएका हुन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले बन्दसत्र पेश गरेकै पदाधिकारीको सूची मतदानबाट प्रतिनिधिहरुले अनुमोदन गरेका छन् ।