बुढापाकालाई सुझाव नदिन शर्मालाई देउवाको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रवक्ता विश्वप्रकाश शर्मालाई बुढापाकालाई सुझाव नदिन सुझाव दिएका छन् । 

मंगलबार नेपाली कांग्रेसका संस्थापक नेता सुवर्णशमशेर राणामाथि लेखिएको ‘राजनेता सुवर्णशमशेर’ नामक पुस्तक मंगलबार सार्वजनिकका क्रममा प्रवक्ता विश्वप्रकाश शर्माको मन्तव्यमा रहेर देउवाले सो सुझाव दिएका हुन्। 

मन्तव्यका क्रममा आफूले महामन्त्रीको उम्मेदवारी घोषणा गरेको जानकारी दिँदै शर्माले एक पटकभन्दा बढी राष्ट्रपति, दुई पटकभन्दा बढी प्रधानमन्त्री, तीन पटकभन्दा बढी मन्त्री र चार पटकभन्दा बढी सांसद बन्न नपाउने प्रस्ताव कर्यान्वयन गर्न सुझाव दिएका थिए । 

‘मैले राजनीति बदल्ने प्रस्ताव बोकेर धेरै जिल्ला पुग्दा साथीहरूले शेरबहादुर देउवा त पाँच पटक प्रधानमन्त्री भइसके विश्वप्रकाशको पुस्ताले त्यो अवसर र क्षमता राख्छ त ? भनेर सोध्नुहुन्छ । हाम्रो सभापतिलाई ज्योतिषले सात पटक प्रधानमन्त्री बन्ने भनेको होला तर मैले मेरो पुस्तालाई दुई पटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने प्रस्ताव गरेको छु’, देउवालाई सुझाव दिने क्रममा शर्माले भनेका थिए ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.