काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी अबको भावी दिनमा महाधिवेशनमा नभएर चुनावको तयारीमा रहेको बताए । भावि दिनमा अब आफ्नो पार्टी पनि आम निर्वाचनतिर अगाडि बद्ने उनको दावी रहेको छ । रुपन्देही पार्टीका इन्र्चाज रामप्रसाद बन्जाडेको मृत्यू प्रति श्रद्धाञ्जली सभामा श्रद्धाञ्जली अर्पर्ण गर्दै उनले यस्तो बताएका हुन ।
प्रचण्डले भने , ‘ अब पार्टी सबै पार्टीले महाधिवेशनका नाममा चुनावी अभियानलाई अगाडि बढाएका छन ।’ अवको चुनाव विवादरहित र विश्वससनीय हुनुपर्ने उनको धारणा रहेको छ । मुलुक समाजवाद उन्मुख भइसकेकाले दलभित्र पनि एकताको भावना हुनु अति आवश्यक रहेको उनको भनाइ छ ।
कार्यकर्तालो पनि सरल र जिम्मेवारीपूर्ण हुनुपर्ने उनले बताए ।
ृ