सचिव घिसिङले राखेप सदस्यमा लिए सपथ

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले सपथ लिएका छन् ।
(राखेपा) सदस्य सचिव घिसिङलाई आज युवा तथा खेलकुद मन्त्रालयमा मन्त्री महेश्वरजंग गहतराजले पद तथा गोपनियताको सपथ खुवाएका हुन्।


हिजो बसेको मन्त्रीपरिषदको बैठकले टंकलाल घिसिङलाई १९औं सदस्य सचिवको नियुक्तमा घोषणा गरेको थियो ।

गत कात्र्तिक १ मा तत्कालिन सदस्य सचिव रमेशकुमार सिलवाललाई मन्त्रालयले बर्खास्त गरेको थियो । बर्खास्त गरेपछि मंसिर ४ गते एक साताको म्याद राखेर सदस्य सचिवका लागि दरखास्त आव्हान गरेको थियो ।

राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा १७ को उपदफा (३) बमोजिम सदस्य सचिव सिफारिसका लागि सह(सचिव) युवा तथा खेलकुद मन्त्री अथकले कमला ज्ञावली र हरिबहादुर श्रेष्ठ कमल प्रसाद पोखरेल संयोजक तथा सम्मेलित तीन सदस्यीय छनोट समिति गठन समेत गरेका थिए ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.