शमशेर तटस्थ बस्दा अध्यक्षमा थापा र लिङदेनबीच कडा प्रतिस्पर्धा

काठमाडौँ ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आजबाट भृकुटीमण्डपमा महाधिवेशन सुरु भएको छ । राप्रपामा हाल तीन जना अध्यक्ष छन् । कमल थापा, पशुपति शमशेर जबरा र प्रकाशचन्द्र लोहनी । यो महाधिवेशनबाट एक अध्यक्ष चुनिने छ र सिङ्गो पार्टी हाक्नु पर्ने छ । यसैको जोरजाममा लागेका छन् राप्रपाको नेताहरु ।

राप्रपाको यो महाधिवेशनका लागि पूर्व अध्यक्ष कमल थापा र युवा नेता राजेन्द्र लिङ्देलले अध्यक्ष पदको लागि उम्मेद्वारी दिएका छन् । पूर्व अध्यक्ष शमशेर र लोहनीले भने उम्मेद्वारी दिएका छैनन् ।

लोहनी सतहमा नै आएर लिङ्देललाई सर्मथन र सहयोग गर्ने तयारीमा छन् । भने, शमशेरले तटस्थ रहने बताएका छन् । सर्वसमतिमा जानेकुरा गरेको थियौँ । उहाँहरुले उम्मेद्वारी दिनु भयो शमशेर निकट एक नेताले क्विक नेपालसँग भने । अध्यक्षमा आफू नउठ्ने भएपछि कसैलाई सर्मथन नगरी तटस्थ रहने हाम्रो सल्लाह भएको छ । उनी निकट अर्का नेताले भने ।
राप्रपाको नेतृत्वमा युवा पुस्ताको आवश्यकता रहेको र सोही आवश्यकतालाई परिपुर्तिको लागि लिङ्देलको उम्मेद्वारी हो । राप्रपाका लिङ्देन पक्षधरहरु बताउँदै आएका छन् । हेर्दा लिङ्देलमा नयाँ कार्यकर्ताहरुको आकर्षण चुलिएको छ । लिङ्देललाई लोहनीको साथ छ । जसले गर्दा जित्ने सम्भावना रहेको देखिन्छ ।

अहिलेसम्म थापाको पक्षमा नेताहरु बुद्धिमान तामाङ, दीपक बोहरा, भुवन पाठक, जयन्त चन्द, भास्कर भद्रालगायत खुलेका छन् ।

लिङ्देनको पक्षमा अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीसहित डा.धवलशमशेर राणा, दिलनाथ गिरी, दुर्गा श्रेष्ठ, सगुन लावती, रवीन्द्रप्रताप शाह, रामकुमार सुब्बा, मोहन श्रेष्ठ, राजाराम श्रेष्ठ, आङछिरिङ शेर्पालगायत देखिएका छन् ।

अर्का अध्यक्ष पशुपति शमशेर राणा भने व्यक्तिगत रुपमा तटस्थ देखिएता पनि उनी निकटका अधिकांश नेताहरु भने लिङ्देन तिरै देखिएका छन् ।

थापा निकट नेताहरु भने शमशेरले हामीलाई सहयोग गर्ने र सहजै जित्नेमा विश्वस्त छन् । उहाँले तटस्थ भने पनि हामीलाई सहयोग गर्नु हुन्छ । हाम्रो जित निश्चत छ । हामी ढुक्क छौँ । थापा निकट एक नेताले क्विक नेपालसँग भने ।

अर्का लिङ्देन निकट नेताहरु पनि जित सुनिश्चित भएको दाबी गछर्न । थापाको उम्मेद्वारी घोषणामा मानिसको संख्या बाक्लो देखिए पनि ती सबैले उनलाई भोट नहाल्ने बताउँछन् । थापाको मन राख्न मात्रै कार्यक्रममा सहभागी भएको उनको बुझाइछ ।

राप्रपा महाधिवेशनमा लागि प्रत्येक प्रदेश सभाको निर्वाचन क्षेत्रबाट ३ खुला, ३ महिला, १ दलित र २ जनजाति प्रतिनिधि गरी ९ जनाको प्रतिनिधित्व रहेको छ । यसरी आउने प्रतिनिधि संख्या २ हजार ९ सय ७९ छन् ।

प्रत्येक पालिकाका सभापति ७ सय ५३ जना, प्रदेश सभाका सभापति ३ सय ३० जना, प्रतिनिधिसभा क्षेत्रका सभापति १ सय ६५ जना, जिल्ला सभापति ७७ जना, प्रदेश सभापति ७ जना पनि महाधिवेशनमा सहभागी छन् । केन्द्रीय सदस्य र मनोनित गरी करिब ५ हजार प्रतिनिधिले पार्टीको नयाँ नेतृत्व छान्ने छन् ।

प्रदेश नं. १ मा विजयी भएका नेता कमल थापा खेमाका हुन् । प्रदेश २, कर्णाली र सुदूरपश्चिम प्रदेशका विजयी नेतृत्वमा पशुपति शमशेर खेमाका हुन् । उनको समूह यहाँ बलियो पेजिसनमा छ । गण्डकी प्रदेशमा नयाँ पुस्ता हावी भएको छ । बाँकी रहेका प्रदेशमा कमल थापाको पक्ष विजयी भएका छन् ।

शमशेर तटस्थ भएकाले प्रदेशको अङ्क गणित हेर्दा कमल थापा सोझै विजयी हुने सम्भावना छ । तर, जिल्ला स्तरमा पशुपति शमशेर राणाको राम्रो अवस्थाले राणाको समर्थन कता हुन्छन्, यही पक्षले जित्ने सम्भावना प्रवल रहन्छ ।

प्रदेशको अङक गणितले थापा र नयाँ पुस्ताको आकर्षणले लिङ्देनको प्रतिस्पर्धा बराबरी नै हुने देखिन्छ । शमशेर तटस्थ रहेकाले पनि यो स्थिति आएको हो । यदी शमशेरले दुई मध्य एकलाई समर्थन र सहयोग गर्ने हो, भने उसले सोझै जित्ने देखिन्छ ।

कसले जित्ने भन्ने होटबाजीमा संस्थापन पक्षले प्रतिनिधिको नामवलीमा धाँधली गरेको भन्ने आरोप समेत लिङ्देन पक्षले लगाएको छ ।

जसले गर्दा पार्टीभित्र मनमुटाव वा आन्तरिक मामलामा अविश्वास रहेको देखिएको छ । संस्थापनले जिल्लाबाट आएका महाधिवेशन प्रतिनिधिको सूचीमा व्यापक फेरबदल गरेको लिङ्देन समूहको आपत्ति छ ।

यही विवादका बीच राजेन्द्र लिङ्देन समूह गएको राति पार्टी कार्यालय घेराउ गर्न पुगेका थिए । पार्टी कार्यालय घेराउमा बस्नेतसँगै नेताहरु श्याम तिमल्सिना, बिन्दा पहाडी, दिनेश श्रेष्ठ, श्याम तामाङ पनि कार्यालय घेराउमा पुगेका थिए ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.