जिससको बैठकमा स्थानीय जनप्रतिनिधि अनुपस्थित
जिल्ला समन्वय समिति मुगुका उपप्रमुख कर्णशिला मल्लले स्थानीय तहले जिल्ला समीक्षा बैठकलाई बेवास्ता गरेको बताएकी छिन् ।

मुगु । जिल्ला समन्वय समिति मुगुका उपप्रमुख कर्णशिला मल्लले स्थानीय तहले जिल्ला समीक्षा बैठकलाई बेवास्ता गरेको बताएकी छिन् ।

जिल्ला समन्वय समितिले आयोजना गरेको आर्थिक वर्ष २०७७/७८ को वार्षिक समीक्षा कार्यक्रममा अधिकांश स्थानीय तहका प्रमुख उपप्रमुखको अनुपस्थिति भएपछि मल्ल असन्तुष्टि भएकी हुन् ।

जिल्ला समन्वय अधिकारी भीम सेजुवालले समीक्षामार्फत आगामी वर्षको कार्यक्रमका लागि मार्गदर्शन हुने भएकाले समीक्षालाई बेवास्ता गर्न नहुने बताए । बिहीबारको बैठकमा छायाँनाथ रारा नगरपालिकाका उपमेयर सुन्तला रोकाया र तीन वटा वडा अध्यक्ष मात्र बैठककमा सहभागी थिए ।

जिल्लाका चार स्थानीय तह । जसमध्ये सोरु गाउँपालिका र खत्याड गाउँपालिकाले उपस्थिति जनाएका छैनन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.