'मैले आफ्नो राजनीतिक इतिहासमा राजा महेन्द्रपछि राष्ट्रवादी नेता वा कुनै व्यक्ति भएको देखेको छैन । राजा महेन्द्रम केही कमजोरी थिए होलान् । उनी शाहवंशीय राज कूल खानदानको हुँदा केही निरंकुश कामहरु पनि भए होलान् । तर राष्ट्रको सवालमा उनी जतिकै अठोट र दृढ साहस राख्ने व्यक्ति वा कुनै नेता नेपालमा छैनन् । पछिल्लो समय केपी शर्मा ओली नेतृत्वको सरकार र उनी केही रुपमा राष्ट्रवादी देखिए पनि त्यसमा पनि स्वार्थ मिसिएको छ ।
निस्वार्थ रुपमा देशलाई भारतको सिक्किम र भुटान जस्तो देश बन्नबाट रोक्न महेन्द्रले निकै प्रयासहरु गरेका छन् । देशका विभिन्न नाका र चेक पोष्टहरुमा बसेको भारतीय सैनिकहरुलाई लखेटेर राजा महेन्द्रले आफ्नो राष्ट्रवादी आचरण प्रस्तुत गर्नु भएको थियो ।'
यी माथिका भनाइहरु नेकपा मालेका महासचिव सिपी मैनालीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा राखेका हुन् । उनले पछिल्लो राजनीतिक एजेण्डा र अवस्थाहरु दक्षिणपन्थी स्वार्थमा स्वचालित भइरहेको बताएका छन् । उनको मन्तव्यको पूर्णपाठ यस्तो छ :
धन्यवाद संचालक महोदय
राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनको उद्घाटन समारोहमा मलाई आमन्त्रण गर्नु भएकोमा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरु तथा प्रतिनिधिमा आभार प्रकट गर्दछु । सुरुमा म यो महाधिवेशन पूर्ण सफल होस्, यसले बाञ्छित लक्ष्य हासिल गर्न सफल होस् भन्ने म शुभकामना दिन चाहन्छु । यो मेरो शुभकामनालाई जोड दिनका लागि मैले दुई वटा कुरा प्रस्ट्याउने गर्छु ।
यसमा पाँच मिनेट वित्ने छ । हामीले अहिलेसम्म २००७ देखि अहिलेसम्म चार वटा राजनैतिक परिवर्तन बेहोर्यौं । तीन वटा ती सबै राजनीतिप्रति नेपालका राजनैतिक पार्टीहरुको विश्लेषण चाहिँ एक पाखे रहेको अहिलेको आठौँ महाधिवेशन हामीले कार्तिक २७ देखि २९ मा गर्यौं त्यसमा हामीले संस्थागत गरेका छौँ ।
२००७ साल २०४६ साल २०६३ सालमा नेपालमा जुन राजनैतिक परिवर्तन भए ती सबै प्रजातान्त्रिक लोकतान्त्रिक राजनैतिक परिवर्तन हुन् । हामीले के देख्यौँ भने इतिहासलाई हेर्दा तिनीहरु प्रजातान्त्रिक लोकतान्त्रिक मात्र नभएर तिनीहरु अवाच्छित राजनैतिक बाह्य प्रभाव र अनुचित बाह्य हत्तक्षेप सहितका राजनैतिक परिवर्तन हुन् ।
मैले ब्याख्या गरिन् । इतिहास पढेका छौँ र बडा दूर्गति भोगेका छौँ । कारण के हो भने हामीले अहिलेसम्म लोकतान्त्रिक परिवर्तन भन्दै गयौँ । र, हामीमाथि थोपडिएका अबाञ्छित बाह्य हस्तक्षेप र प्रभावलाई हामीले अन्यथा गर्यौँ । २००७ सालपछि २०११ साल चैत्र १ गते राजा बनेका राजा महेन्द्रले त्यसबेला दिल्ली सम्झौताबाट आएका अबाच्छित प्रभाव र हस्तक्षेप थिए तिनीहरुका अधिकांशलाई उनले खारेज गरिदिनु भयो ।
र, यदि उहाँले पहिलो दिनसम्म दिल्ली सम्झौताबाट आएको पाँचौ गूणा विधान सभा भन्ने जुन सम्झौता छ त्यसको चुनाव लडेर त्यसमार्फत नेपालको संविधान ल्याउने भन्ने जुन कुरा थियो त्यसभित्र लुकेको जुन मन्साय थियो त्यसलाई अरु नागरिक नेताहरुले मैले बुझेको देखिन । बुझे त राजा महेन्द्रले, बुझे त राजा महेन्द्रले त्यसको विरोध नगरिकन एक शब्द सार्वजनिक विरोध नगरिकन पन्छाउँदै, पछाउदैँ विधान सभालाई तुवाहिने काम गर्दा आज नेपाल ज्यूँदो छ ।
बडा महाराजधिराज पृथ्वी नारायण शाहको नेतृत्वमा भएका ७० बर्ष ७२ बर्ष लगाएर एकीकरण भयो । त्यसपछिका श्रीपाँच हरुले एक दुईटा देशका पक्षमा कामहरु भयो, नभएको होईन । तर सिंगो नेपाल भारतमा गाभिएको सिक्कीम जस्तो बन्न रोक्नको निम्ति, सिंगो नेपाल भुटानहुनबाट रोक्नको निम्ति कुनै नागरिकले, नेपालीले पृथ्वी नारायण शाहपछि काम गरेको छ भने त्यो राजा महेन्द्रले मात्र हो ।
अहिलेपनि मलाई दुख लाग्छ । हाम्रो देशको बुलन्द नेताहरु ६० बर्ष देखि हामी विधान सभा मागेको बल्ल बल्ल पायौं भन्छ । ए बाबा ९, १० सालमा विधानसभा मागेको भए त्यतिबेला नेपाल सिक्कीम बन्थ्यो । भुटान बन्थ्यो । त्यो विधान सभा नेपालीहरुको माग नै होईन । नेहरुजीले आफ्नो निम्ति राखेको पहिलो दिल्ली सम्झौताको अन्तिम एजेण्डा हो । यसलाई राजा महेन्द्र चिन्नुभयो । महेन्द्र पन्छाउनु भयो । तुहाईदिनु भयो ।
२६ सालमा नेपालको चेकपोष्टमा बसेका भारतीय सेनाहरुलाई फिर्ता गर्नुभयो । त्यसै कारण सिपी मैनालीले राजा महेन्द्रलाई राष्ट्रवादी भनेको हुँ । मैले ४६ सालपछि प्रज्ञाको हलमा पनि भनेको थिएँ राष्ट्रवादी हो । यद्धपी उहाँहरुको हो या होईनको बीचमा म सहमत छैन । उहाँहरुले १७ साल पौष १७ गते जुन कदम चाल्नु भयो मैले हाम्रो महाधिवेशनले त्यसलाई दक्षिणपन्थी राष्ट्रवादी कदम हो ।
दक्षिणपन्थी राष्ट्रवादी कदमलाई दक्षिणपन्थले निरंकुशतन्त्र ल्यायो । त्यसको पुरा विरोध मैले पनि गरेँ । अरुले पनि गरे । तर राष्टवादी कदम उहाँले समाजसेवा गर्ने कदमलाई उतिकै विरोध गर्नु गलत थियो । कांग्रेसले विरोध गर्नुपनि गलत थियो । सिपी मैनाली विरोध गर्नुपनि गलत थियो । अरु त अरुले नै भन्लान् । त्यसलाई हामीले विश्लेनात्मक ढंगले हेर्नुपर्थ्यो र जति ठीक थियो त्यसलाई सकरात्मक भाव राख्ने, समर्थन गर्ने र जति कमजोरी थियो आलोचना गर्नुपर्ने थियो । तर त्यसो गरेनौं । मैले यति भनेँ । अब अहिले भनौं ४६ सालको परिवर्तन पनि बाह््य अवान्छित प्रभाव र हस्तक्षेपसहित परिवर्तन हो हो हो ।
र हाम्रो पुष्प कमल दाहालले नेतृत्व गरेको जुन ६३ सालको पछिल्लो परिवर्तन छ त्यो उहाँहरुको प्रमूख शक्ति भनेर त्यसले पनि अवान्छित बाह््य हस्तक्ष्ेप ल्यायो ल्यायो ल्यायो । र म तपाईहरुलाई भन्छु । २००७ सालपछि राजा महेन्द्र जस्तो राष्ट्रवादी देखेको छैनौं । यद्धपी उहाँ सामन्ती कुलको उहाँको तरिका निरंकुश थियो । त्यो देश सुहाँउदो थिएन । हामीले विरोध गर्यौं । सिपीले विरोध गरेँ । ठीक थियो । तर त्यो पछि विदेशी प्रभावलाई हस्तक्षेपलाई विरोध गर्ने एउटै व्यक्तित्व राजा महेन्द्र नै हुन् । ४६ सालपछि परिवर्तन भयो । म पनि त्यो परिवर्तनको बाहक हो । माधव नेपाल पनि परिवर्तनको बाहक हो । तर म तपाईँहरुलाई ठोकेर भन्छु ।
४६ सालपछि प्रजातन्त्रको भुईँ चढेर आएका विदेशी प्रभाव भनेको भारतको र युरोपीयन युनयनको प्रभावहरुलाई हामीहरुले, त्यसपछि बनेका सरकारले एउटा पनि हटाएन । एउटा पनि हटाएन । प्रचण्डजीहरुले ५२ सालमै ५० सालमै जनगनतन्त्र ल्याउँछु भन्नुभयो । मैले हुन्नहुन्न भनेर उहाँहरुलाई बाबुरामको घरमा त्यत्रो लामो कुरा गरेको उहाँहरु जंगल जानुभयो ।
तर उहाँहरुले सक्नुभएन । उहाँहरुले जनगनतन्त्र ल्याउन सक्नु भएन । तर अहिलेसम्म पनि आफ्नो साथमा छैन । त्यो सक्नु भएन र त्यो संँगसंगैपनि पछि उँहाहरुसंग फर्कदा फेरी झनै जसलाई आतिथ्य दिएको थियो उसैले त्यसलाई आतंककारी भन्यो किनभने आँफखुसि नेपालका शक्तिसंग मिलेर पछि आतंककारीहरुको त्याग निकाल्दा पछि उनीहरुलाई विदेशी एजेण्डाको भारी बोकेर पठाइयो । अनि यो भारीलाई ०६३ सालको परिवर्तन पछि यो उहाँलाई एउटा अनुरोध छ र त्यस पछि बन्ने सरकारलाई अर्को अनुरोध छ त्यकारण म भन्न चाहन्छु ।
हामिले हाम्रो इतिहासलाई तथ्यको आधारमा केलाऔँ । र जे गलत छ विरोध गरौँ र जे ठिक छ एक्लै लडौँ , सर्मथन गरौँ । अब म भन्न चाहन्छु नेपालमा २००७ साल २०४६ साल पछिको प्रजातन्त्रसंगै आएका अबांञ्छित बाह्य प्रभाव र हस्तक्षपहरुको हामीलाई दोहोर्यो । यसरी गर्दा साथिहरु एउटा बोलिमा पड्कायो र ४०० वर्ग किलोमिटर जमिन आफ्नैमा पार्यो । एउटा वर्गिकरणमा पड्काइयो ।
अहिले सम्म २००७ साल २०४६ साल र २०६३ मा आएका प्रजातन्त्रले हामीले जनतालाई कति सशक्त गर्यो त्यो हामिले छलफल गरौँला । तर राष्ट्र कमजोर भयो । गोली नपड्काई ४०० वर्ग किलोमिटर जमिन लग्यो अहिले त्यसको वारेमा कुरा गर्न खोज्यो भने भारतका साशकलाई मुन्टो बटारेर अर्कापट्र्टी फर्कन्छन । कुरै गर्दैनन् । ७२ ठाँउमा प्रतिगमण छदैँ छ । झन अत्याचार बढेको छ । हिजो त गालीमात्र ठोक्थे अहिले त तुइन काटेर नेपालीहरु मार्छन । बलको छ हरेक क्षेत्रमा उन्मुख र हामीमाथि प्रहार छ । किनभने तीनवटा नाकामा जे आयो त्यो स्विकार्नू परेको छ । आदरनीय मित्रहरु मैँले यसको साथ साथै अन्तिममा भन्न चाहन्छु ।
नेपाललाई कुरु क्षेत्र बनाएर चिनलाई पोल्नका लागि संयूक्त अमेरीकाले नेपालमा हस्तक्षेप बढाएको छ । यसले गर्दा बाह्य हस्तक्षेप असाध्यै बढेको छ । मित्रहरु यो भित्र कुशासन भयो । भित्र सबै अनुकुल अर्थतन्त्र बनाइएन । कोभिडलाई सामना गर्न प्रभावकारी ढंगले अगाडि बढाइएन । देश अविकासमा गयो । देशभित्र अवस्था र संकटको सिकार छ, त्यसकारण बाहिरबाट चर्को हस्तक्षेप बढेको छ ।
देश विकटताको खाडलमा जाकिएको छ । आज त्यस्ता खाडलबाट अब कस्ले निकाल्ने ? देशभक्तहरुले जुन देशमा चार खालका प्रविधीहरु रहेका छन् राजनितिका । कम्यूनिष्टहरु छन । गैरकम्युनिष्ट बामपन्थि । प्रजातन्त्रवादी छन । राष्ट्रवादीहरु छन् । देशभक्तहरु पनि छन् । विदेशभक्तहरु ती हुन जसले धर्म कर्म, राजा, देउता,परम्परा मानेर राजनीति गर्छन् । राष्ट्रवाद एउटा राजनैतिक प्रविधि पनि हो । ठिक छ म र्माक्सवाद मान्छु, अर्कोले अन्यवाद मान्ला , कसैले सनातनी मान्ला ।
तर देशका जल्दाबल्दा समस्याहरु जस्ले समाधान गर्छ त्यसमा हामी एकतावद्ध हौ । म कामना गर्छु राप्रपा एउटा राष्ट्रवादी शक्ति हो । सबै शक्ति एक भएर राष्ट्र जोगाउने पक्षमा जुटौँ । धन्यवाद ।