राप्रपा  महाधिवेशन : नेतृत्व चयनका लागि मतदान जारी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ नेतृत्व चयनका लागि यतिखेर मतदान जारी छ ।

काठमाडौंमा आयोजित राप्रपाको एकता महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयन गर्न शनिबार बिहान आठ बजेदेखि मतदान सुरु भएको हो ।

अध्यक्ष पदमा कमल थापा र राजेन्द्र लिङ्देन उम्मेदवार छन् । आठ सदस्यीय पदाधिकारीका लागि १६ जनाको उम्मेदवारी परेको छ । समावेशीसहित १४१ केन्द्रीय सदस्यका लागि २ सय ६४ जनाले उम्मेदवारी दिएका छन् ।

यसअघि एकै खेमामा रहेका थापा र लिङदेनबीच  भएको प्रतिस्तपर्धालाई निकै महत्वका साथ हेरिएको छ । दुवैले आफूले जित्ने बताउँदै आएका छन् ।

राप्रपाको १ सय ९९ सदस्यीय कार्यसमितिमध्ये मतदानबाट अध्यक्षसहित एक सय ४९ सदस्य चुनिने छन् । बाँकी ५० जना अध्यक्षले मनोनित गर्ने राप्रपाको संशोधित विधानमा उल्लेख छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.