राप्रपा महाधिवेशन: राणाले मतदान गर्दासम्म १५ प्रतिशत मतदान सम्पन्न

काठमाडौं । राप्रपा महाधिवेशनको  आन्तरिक प्रतिस्पर्धाका क्रममा  १५ प्रतिशत मतदान भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्शेर राणाले मतदान गर्दासम्म १५ प्रतिशत मतदान सम्पन्न भएको हो । 

शुक्रबारबाट काठमाडौंमा भएको महाधिवेशनका क्रममा अध्यक्ष थापा र राजेन्द्र लिङदेन प्यानलसहित चुनावी मैदानमा छन् । 

काठमाडौंमा आयोजित राप्रपाको एकता महाधिवेशनमा शनिबार बिहान आठ बजेदेखि मतदान सुरु हुने भनिए निर्धारित समयभन्दा केही समय ढिला गरी मतदान सुरु भएको थियो । 

आठ सदस्यीय पदाधिकारीका लागि १६ जनाको उम्मेदवारी परेको छ । समावेशीसहित १४१ केन्द्रीय सदस्यका लागि २ सय ६४ जनाले उम्मेदवारी दिएका छन् ।

राप्रपाको १ सय ९९ सदस्यीय कार्यसमितिमध्ये मतदानबाट अध्यक्षसहित एक सय ४९ सदस्य चुनिने छन् । बाँकी ५० जना अध्यक्षले मनोनित गर्ने राप्रपाको संशोधित विधानमा उल्लेख छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.