काठमाडौं । राप्रपाका अध्यक्ष तथा भावी अध्यक्षका प्रत्यासी कमल थापाले मतदानबाट आएको परिणाम स्वीकार्दै पार्टी एकतालाई निरन्तरता दिने बताएका छन् ।
महाधिवेशनका क्रममा सञ्चारकर्मीसँग भएको कुराकानीको क्रममा थापाले सो बताएका हुन् । सो क्रममा उनले अध्यक्षद्वय प्रतिस्पर्धीबाट बाहिरिएसँगै स्वत: तेस्रो अध्यक्ष अध्यक्ष हुनुपर्ने भए पनि त्यसो हुन नसकेको बताए । उनले भने, ‘ जे भए पनि प्रतिस्पर्धाबाट आएको परिणाम स्वीकार्छु ।’ यद्यपि उनले सो क्रममा विगतमा पनि आफू फराकिलो मतका साथ विजयी भएको स्मरण गर्दै यसपटक पनि फराकिलो मतका साथ विजयी हुने बताए ।
उनले यो महाधिवेशन नै अन्तिम एकताको महाधिवेशन भएको बताउँदै अब आइन्दा राप्रपाको एकताको महाधिवेशन नहुने बताए । सो क्रममा उनले एकता महाधिवेशनलाई लिएर आफू उत्साहित भएको बताएका छन् ।
सहमतिमा नेतृत्व चयन हुन नसकेपछि महाधिवेशनमा भएको प्रतिस्पर्धालाई उनले प्रजातान्त्रिक अभ्यास भएको बताए ।