चितवन स्मार्ट लाइसेन्स सेवाको उद्घाटन प्रचण्डद्धारा

काठमाडौँँ । आजदेखि चितवनमा स्मार्ट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण सुरु भएको छ । नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्धारा लाइसेन्स सेवाको उद्घाटन गरिएको हो ।

 

अब देखि भरतपुर चितवनबाट सवारी चालक अनुमती पत्रको नवीकरण गर्न सकिने ब्यावस्था तय भएको छ । आगामी दिनदेखि स्थानीय चितवन तथा भरतपुरवासीले सवारीचालक (लाइसेन्सको ) नवीकरणका लागि अन्यत्र जाने समस्याबाट मुक्त भएका छन् । प्रचण्डले एम्बुलेन्सको सवारी दर्ता प्रमाणपत्र र लाइसेन्सको नवीकरणपत्र वितरण गरेर सेवा सुचारूको घोषणा गरेका हुन् ।

प्रचण्डले चितवनलाई आगामी दिनमा नेपालकै ठूलो यातायात सेवा प्रवाहको माध्यम बनाइने प्रतिबद्धता जनाएका छन् ।


सरकारबाट जग्गा उपलब्ध गराएर सुविधासम्पन्न भवन निर्माण गर्नसमेत पहल गर्ने उनले बताए । सेवा कार्यालयलाई यातायात कार्यलयको रुपमा विकास गरिने उनको भनाइ छ । ।

२०७७ वैशाख ६ गते सवारीसाधन दर्तासमेत विस्तार गर्ने निर्णय पाएको थियो । त्यसपछि श्रावन २८ गतेदेखि सवारीसाधान दर्ताको काम अगाडि बढेको थियो ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.