काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डे समूहले पार्टी एकीकरण घोषणा सभा बहिरष्कार गरेको छ ।
पार्टीका संयोजक पाण्डेसहित संसदीय दलका नेता रमेश पौड्याल, केशव दाहाल, बागमती प्रदेश संयोजक रन्जु दर्शना, युवा सङ्गठनका महासचिव सरोज गौतमलगायत नेताले काठमाडौंमा भएको सो सभा बहिष्कार गरेका हुन् ।
एकीकरण गर्ने दुई ‘अपरिचित’ समूह व्यवस्था विरोधी र राजसंस्था, हिन्दूराज्य र संघीयता खारेजीका वकालतकर्ता रहेको उनीहरुको आरोप छ ।
यसअघि रवीन्द्र मिश्रले संघीयता खारेजी, धर्मको नाममा राजनीति गर्ने एजेन्डा र गणतन्त्र विरोधी प्रस्ताव पार्टीको बहुमतबाट पारित गराएका थिए । सोसँगै उनले एकलौटी रुपमा दुई समूहसँग एकता गरेका थिए ।