चुनावपछि एमालेलाई लाइट बालेर खोज्नुपर्छ : नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले निर्वाचनपछि नेकपा एमालेलाई लाइट बालेर खोज्नुपर्ने बताएका छन् ।

अर्घाखाँची जिल्ला पार्टीको बृहत कार्यकर्ता भेलालाई सम्बोधनका क्रममा नेपालले सो कुरा बताएका हुन् । 

'जनमतको अपमान गर्नेलाई निर्वाचनमा जनताले देखाइदिन्छन्,' उनले भने, 'तपाईंहरु पनि भ्रममा नपर्नुस् ।'

राष्ट्रियसभाको निर्वाचनमा रामबहादुर थापासँग कलम चिन्हका स्वतन्त्र उम्मेदवार खिमलाल देवकोटाले पराजित गरेको स्मरण गराउँदै कलम चिन्हको विजयी यात्रा शुरु भैसकेको बताए । संविधानको रक्षा गर्दै ससंद् जोगाउने शक्तिहरू निर्वाचनसम्म एकै ठाउँमा रहने दाबी गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले निर्वाचनबाट ओलीको पार्टी पत्तासाफ हुने ठोकुवा गरे ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.