सुर्खेत । नेपाली कांग्रेस कर्णाली प्रदेशको सभापतिमा ललितजंग शाही निर्वाचित भएका छन् । उनी प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार थिए ।
उनीसँग वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका उम्मेदवार भूपेन्द्रजंग शाही उम्मेदवार थिए । उनलाई ५१ मतले अन्तर राख्दै ललितजंगले सभापतिमा चुनावमा जितेका हुन् ।
ललितजंगले ४ सय २२ मत ल्याउँदा भूपेन्द्रले ३ सय ७१ मत र अर्का उम्मेदवार मोतिराज बमले जम्मा ७ मत ल्याए ।
नेपाली कांग्रेसले हिजो सातै प्रदेशमा अधिबेशन सम्पन्न गरेको छ । अन्य प्रदेशको मतगणना जारी रहेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले बाताइएको छ ।