काठमाडौं । राप्रपाको अध्यक्षमा कमल थापालाई हराउँदै राजेन्द्र लिङ्देन विजयी भएका छन् । २२७ मततन्तरले लिङ्देन बिजयी भएका हुन् ।
जम्मा खसेको ३ हजार ८ सय ७३ मतमध्ये लिङ्देनले १८४४ मतमध्य प्राप्त गर्दा थापालाई १६१७ मत मात्रै प्राप्त भएको छ ।
निर्वाचन समितिले औपचारिक घोषना सबैको एकै पटक गर्ने तयारी गरिरहेको नेता बिक्रम पाण्डे बताएका छन् । ४३१ मत बदर भएको छ । अध्य्क्षमा निर्वाचित लिङ्देन राप्रपाका एकमात्र सांसद हुन ।