टी–२० विश्वकपका लागि भारतीय टिम घोषणा, धोनी टिम मेन्टर
बीसीसीआईले बुधबार विराट कोहलीको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।

काठमाडौं ।   बीसीसीआईले बुधबार विराट कोहलीको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । स्पीनर रविचन्द्रन आश्विनले चार वर्षपछि टी–२० मा स्थान बनाएका छन् । उनले फेरि एक पटक मौका दिइएको छ । टोलीमा पाँच स्पीनर र तीन सिमर छन् ।

यस्तै पूर्व कप्तान महेन्द्र सिंह धोनीलाई टिम मेन्टर नियुक्त गरिएको छ । धोनीले मुख्य प्रशिक्षक रवि शास्त्रीसँग नजिक रहेर काम गर्ने बाँकी सपोर्ट स्टाफहरुलाई सपोर्ट र डिरेक्सन प्रदान गर्ने क्रिकइन्फोले बीसीसीआई सेक्रेटरी जय शाहलाई उधृत गर्दै उल्लेख गरेको छ ।

भारतीय टिम

विराट कोहली (कप्तान), रोहित शर्मा, के एल राहुल, सूर्यकुमार यादव, ऋषभ पन्त, इशन किसन, हार्दिक पाण्ड्या, रविन्द्र जडेजा, राहुल चाहर, रविचन्द्र आश्विन, अक्सर पटेल, वरुण चक्रवर्ती, जसप्रित बुमराह, भुवनेश्वर कुमार, मोहम्मद शामी

रिजर्सः श्रेयास अयेर, शार्दुल ठाकुर, दिपक चाहर

२० विश्वकपका लागि भारतीय टिम घोषणा, धोनी टिम मेन्टर
‘

© 2021 Quicknepal.com  |  All Rights Reserved.