राप्रपा पदाधिकारीमा को-को जिते, थापा हार्दा उनको समूहको बर्चश्व (सूचीसहित)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा कमल थापा हारेका छन् । तर उनी निकट उम्मेदवारहरु भने प्राय जितेका छन्   ।  

पदाधिकारीमा थापापक्षको बर्चश्व छ । निर्वाचन समितिले घोषणा गरेको परिणाम अनुसार उपाध्यक्ष र महामन्त्रीमा थापा पक्षधर उम्मेदवारहरु विजयी भएका छन् ।

खुल्ला उपाध्यक्षमा विक्रम पाण्डे सर्वाधिक मत ल्याएर विजयी भएका छन् । दुवै प्यानलमा समेटिएका उनले २५२१ भोट ल्याए ।

थापा प्यानलका बुद्धिमान तामाङ १९४४ भोट ल्याएर विजयी भएका छन् भन् सोही प्यानलमा ध्रुवबहादुर प्रधान १८१४ भोट ल्याएर विजयी भएका छन् ।

महिला उपाध्यक्षमा पनि थापा पक्षकी रोशन कार्की १६८९ भोट ल्याएर विजयी भएकी छन् । 

महामन्त्रीको प्रतिस्पर्धामा लिङदेन पक्षका धवलशम्शेर राणाले सर्वाधिक २२२१ भोट ल्याएर विजयी भएका छन् । यसैगरि थापा पक्षकै भुवन पाठकले १८०५ भोट ल्याएर जित हासिल गरे ।

महिला महामन्त्रीतर्फ थापा समूहकी कुन्ती शाही विजयी भइन् । उनले २००८ मत ल्याएकी छन् । महिला महामन्त्रीमा रेखा थापा पराजित भएकी छन् । उनल १६४० भोट ल्याइन् ।

राप्रपा पदाधिकारी सूची 

अध्यक्ष

राजेन्द्र लिङ्देन

उपाध्यक्ष खुल्ला

विक्रम पाण्डे

बुद्धिमान तामाङ

ध्रुवबहादुर प्रधान

उपाध्यक्ष (महिला)

रोशन कार्की

महामन्त्री (खुल्ला)

डा. धवलशमशेर राणा

भुवन पाठक

महामन्त्री (महिला)

कुन्ती शाही

© 2021 Quicknepal.com  |  All Rights Reserved.