चेल्सी पराजित भएपछि सिटी शीर्षस्थानमा

काठमाडौं । अघिल्लो खेलमा चेल्सी पराजित भएपछि म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगमा शीर्षस्थानमा उक्लिएको छ । शनिबार राति सिटीले घरेलु टोली वाट्फोर्डलाई ३–१ अन्तरले पराजित गर्दै अंक तालिकामा चेल्सीलाई पछि पार्दे शीर्षस्थानमा उक्लिएको हो ।

सिटीको जितमा बर्नाडो सिल्भाले दुई तथा रहिम स्टर्लिङले एक गोल गरे । घरेलु टोली वाट्फोर्डका जुआन हर्नान्डेजले एक गोल फर्काए ।

यता, अर्को खेलमा लिभरपुलले उल्भ्सलाई १–० ले पराजित गर्दै दोस्रो स्थानमा उक्लियो । चेल्सी पराजित भएको फाइदा लिभरपुलले समेत उठाउँदै दोस्रो स्थान पायो । लिभरपुलको एक मात्रै गोलमा डिभोक ओरिजी नायक रहे ।

यसअघि चेल्सी घरेलु टोली वेष्ट हाम युनाईटेडसँग ३–२ अन्तरले पराजित हुँदै शीर्षस्थान गुमाएको थियो ।

जितसँगै सिटी १५ खेलबाट ३५ अंकसहित शीर्षस्थानमा उक्लिएको छ । दोस्रो स्थानमा रहेको लिभरपुलको ३४ अंक छ । यता, शीर्षस्थान गुमाएको चेल्सी ३३ अंकसहित तेस्रो स्थानमा छ भने वेष्ट हाम २७ अंकसहित चौथो स्थानमा छ ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.