अनेरास्ववियुद्वारा मणिपाल कलेजमा तालाबन्दी

काठमाडौं । नेकपा एमाले निकट अनेरास्वयू गण्डकीले चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क लिएको आरोपमा मणिपाल कलेजमा तालाबन्दी गरेको छ

संगठनका गण्डकी प्रदेश संयोजक प्रकाश पौडेलका अनुसार मणिपाल मेडिकल कलेज अफ साइन्सले चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको भन्दा बढी शुल्क उठाएकाले कलेज प्रशासनमा तालाबन्दी गरेका हुन ।

विधार्थीको हित विपरीत कलेजले विभिन्न शिर्षक तोकेर लगभग ६ लाख बराबरको रमक मागेको आरोपमा अनेरास्वयूले कलेजमा ताला लगाएको छ । पूर्व रकम कायम नभएसम्म अनिश्चितकालको लागि ताला लगाएको गण्डगीका संयोजक पौडेलले बताएका छन । अनेरास्वयूले गएको आईतवार २४ घण्टे् अल्टिमेटम दिएका थिए तर माग परा नभएकाले हिजो सोमवारबाट कलेजको प्रशासनमा तालाबन्दी गरिएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.