काठमाडौं । राष्ट्रिय युवा संघ, नेपाल, केन्द्रीय कमिटीले दशौँ महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय सदस्यलाई बधाई तथा शुमकामना प्रदान गरेको छ ।
राष्ट्रिय युवा संघ, नेपाल, केन्द्रीय कमिटीले मंगलबार काठमाडौंमा एक कार्यक्रम गरी नवनिर्वाचित केन्द्रीय सदस्यलाई बधाई तथा शुभकामना प्रदान गरेको हो ।
बधाई तथा शुभकामना नौ वर्षीय विश्वान्त सुवेदीको हातबाट लड्डु खुवाएर गरिएको थियो ।
यही मंसिर १०-१४ सम्म चितवनमा भएको नेकपा एमालेको दशौँ महाधिवेशनबाट किरण पौडेललगायत राष्ट्रिय युवा संघ,नेपाल, केन्द्रीय कमिटीबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।
बधाई तथा शुभकामना आदान-प्रदानका केही झलक






