साझा उम्मेद्वार छान्न देउवाइतर समूहलाई सकस, सिंह निवासमा बैठक जारी

काठमाडौं । सभापतिको साझा उम्मेदवार तय गर्न नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा निरन्तर चार घण्टादेखि जारी छ ।

बैठकमा नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, प्रकाशमान सिंह, डा. शेखर कोइराला, बलबहादुर केसी, महेश आचार्य, दीपक गिरी, हृदयराम थानी, डा.मीनेन्द्र रिजाल, चन्द्र भण्डारी, रामकृष्ण यादवल, गुरु घिमिरेगायत उपस्थित छन् ।

दिउँसो एक बजेबाट सुरू भएको छलफल अहिले पनि चलिरहेको छ। स्रोतका अनुसार रातभरि छलफल गरेर भए पनि आजै सर्वसम्मतको उम्मेदवार टुंग्याइनेछ । 

स्रोतका अनुसार छलफलका क्रममा आफ्नो समूहमा भोटिङ गरेर भए पनि एक जना उम्मेदवार टुंग्याउने प्रस्ताव आएको छ। तर नेताहरूले भोटिङमा नगएरै सर्वसम्मत उम्मेदवार छान्ने तयारी गरिरहेका छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.