काठमाडौं । राप्रपा निवर्तमान अध्यक्ष कमल थापाले नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले बोलाएको केन्द्रीय कार्यसमितिको बैठकमा सहभागी नहुने बताएका छन् ।
बुधबार राजधानीको सुकेधारास्थित एक पार्टी प्यालेसमा आफूनिकट पदाधिकारी तथा केन्द्रीय सदस्यलाई बधाई निर्वाचित आफू निकटका पदाधिकारी तथा केन्द्रीय सदस्यलाई बधाई तथा शुभकामनाका लागि आयोजित कार्यक्रममा उनले सो बताएका हुन् ।
थापाले पार्टीको महाधिवेशनमा निर्मल निवासको भएको हस्तक्षेपबारे छानबिन हुनुपर्ने अडान राख्दै बैठकमा सहभागी नहुने बताएका हुन् ।
उनले पार्टीको चुनावमा निर्मल निवासको नाङ्गो हस्तक्षेप भएको र त्यसबारे पार्टीले छानबिन गर्नुपर्ने बताउँदै यही अवस्थामा बैठकमा सहभागी नहुने बताएका हुन् ।