साझा उम्मेदवार चयनका लागि बोलाइएको बैठकमा सभापतिका आकांक्षी नै अनुपस्थित

काठमाडौं । पौडेल समूहका सभापतिका दबेदार नै साझ उम्मेद्वारको साझा उम्मेद्वार तयका लागि बोलाइएको बैठकमा शेखर कोइराला, प्रकाशमान सिंह र शशांक कोइराला सहभागी भएका छैनन् ।

बुधबार नेपाली कांग्रेस १४ औँ महाधिवेशनमा पौडेल समूहबाट सभापतिको साझा उम्मेदवार तय गर्न बोलाइएको सो बैठकमा सभापतिका उम्मेदवार शेखर कोइराला, प्रकाशमान सिंह र शशांक कोइराला बैठकमा सहभागी नभएका हुन् । 

वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजनमा बोलाइएको बैठक बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बिहान ९ः३० बजेदेखि जारी रहेको छ । तर, हालसम्म सो समूहबाट सभापतिका उम्मेदवारहरू भनिएका नेताहरू कोही पनि आएका छैनन् ।

समूहबाट साझा उम्मेदवार तय गर्न भन्दै आजको बैठकमा आफूनिकट केन्द्रीय सदस्य, नवनिर्वाचित प्रदेश सभापति, जिल्ला सभापति र पूर्वजिल्ला सभापतिको टोली बोलाइएको थियो ।

म‌ंगलबार साँझ पनि संस्थापनइतर पक्षको बैठक बसेको थियो । बैठकपछि पौडेलले बुधबार साँझसम्म आफ्नो समूहबाट सभापतिको साझा तय गर्ने दाबी गरेका थिए ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.