ट्याक्टर दुर्घटनामा चालकको मृत्यु, सहचालक घाइते
ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा उदयपुरको कटारी नगरपालिका– १० का २६ वर्षीय चालक रमेश राउतको घटनास्थलमा नै मृत्यु भएको छ ।

उदयपुर । ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा उदयपुरको कटारी नगरपालिका– १० का २६ वर्षीय चालक रमेश राउतको घटनास्थलमा नै मृत्यु भएको छ ।

सोलुखुम्बु थुलुङदुधकोशी गाउँपालिका – ८ दिप्लीघाटमा सल्लेरीबाट सोताङतर्फ जाने क्रममा आफैं अनियन्त्रित भई लु ३ त ५४५० नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकदेखि १० मिटर तल खसी दुर्घटना भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

दुर्घटनामा सह चालक खोटाङ ऐसेलुखर्क गाउँपालिका–३ का १८ वर्षीय प्रदीप दाहाल घाइते भएका छन् । दाहालको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.