एमसीसीविरुद्ध रणनीति बनाउँदै ६ दल

काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीसहित विभिन्न ६ कम्युनिष्ट पार्टीहरू एमसीसीविरुद्ध रणनीति बनाउन छलफलमा जुटेका छन् । 

मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालगायत ६ दल एमसीसीविरुद्ध रणनीति बनाउन बैठकमा बसेका छन् । यतिखेर ६ दलको बैठक काठमाडौं जारी छ ।

सरकारद्वारा २८ मंसिरमा संसद आह्वान गरेको छ । यही दिन संसदमा एमसीसी पेस हुने भनी आँकलन गरिरहेका बेला ६ दलको बैठक सुरु भएको हो ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.