पौडेल समूहका शीर्ष नेतालाई साझा उम्मेदवार चयन गर्न दबाब

काठमाडौं । रामचन्द्र पौडेल समूहका नेताहरुले शीर्ष नेतालाई साझा उम्मेदवार चयन गर्न दबाब दिएका छन् ।

नेपाली कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेलले बुधबार जिल्ला सभापति र पूर्व सभापतिहरुसँग छलफलका क्रममा वरिष्ठ नेताहरुलाई सो सुझाव दिएका हुन् । 

उनका अनुसार अपरान्ह तीन बजे सभापतिका आकांक्षीहरु र केन्द्रीय सदस्यहरुबीच नेता प्रकाशमान श्रेष्ठको निवास चाक्सीबारीमा छलफल हुने बताइएको छ। 

नेता चन्द्र भण्डारीका अनुसार पौडेल समूहमा सभापतिको आकांक्षी चार बाट दुई जनामा झरेको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.