काठमाडौं । मंसिर २८ गते दुई मोर्चा संगठन र ६ दलीय गठबन्धनले संसद् भवन घेराउ गर्ने निर्णय गरेको छ ।
बुधबार राजधानीमा बसेको गठबन्धनको बैठकले एमसीसीको विरोधमा सो दिन संसद भवन घेराउ गर्ने निर्णय गरेको हो ।
नेकपा (क्रान्तिकारी) माओवादीका केन्द्रीय सदस्य हरिकृष्ण गजुरेलका अनुसार मंसिर २७ गते नेपालस्थित एमसीएको कार्यालय घेराउ गर्ने निर्णय भएको छ ।