काँग्रेस महाधिवेशन :२ महामन्त्रीमा १२ जनाको दावेदारी

काठमाडौँ । नेपाली काँग्रेसको १४ महाधिवेशनमा पदाधिकारी तथा केन्द्रीय सदस्यका आकांक्षीरुको उम्मेदवारीको घोषणा गर्ने चटारो चलिरहेको छ । । कांग्रेसको महाधिवेशन मंसिर २४ गते उद्घाटन गर्ने मिती तय गरिएको छ । यो महाधिवेशनले ५ वर्षका लागि केन्द्रिय नेतृतव चुन्ने भएकाले आकांक्षिहरुले निरन्तर रुपमा दावेदारीको घोषणा गर्न थालेका हुन ।
यो महाधिवेशनबाट नेपाली कांग्रेसले जम्मा १६५ जना केन्द्रिय कमिटी निर्वाचन गर्ने भएको छ । लगभग ४५ सय महाधिवेशन प्रतिनिधी छानेको कांग्रेसले ८ महामन्त्री ,एक सभापति , दुई उपसभापति र दुई महामन्त्रीसहित जम्मा १६५ जना केन्द्रिय कमिटी सदस्य निर्वाचन गर्ने भएको छ ।

कांग्रेस शेरबहादुर देउवा समुह, कृष्ण प्रसाद सिटौला समुह र बरिष्ठ नेता रामचन्द्र पौडेल समुह गरी तीन समुहमा विभाजन भएको छ । विमलेन्द्र निधलिे पनि यो पटक सभापति पदका लागि दावेदारमा उत्रिएर चुनावी प्रचारप्रसारमा जुटेका छन । अहिले सम्म कुनै पनि समुहले भने प्यानल बनाइसकेका छैनन ।

बागमती प्रदेशबाट महाधिवेशनमा शेरबहादुर देउवाको पक्षमा ८७८ प्रिितनिधीहरु छन । त्यसैगरी देउवा पक्षकै झापामा दुई गुट सिटौला र विश्वप्रकाशसंग ५० र ४५ सिट रहेको छ । अहिलेसम्म दुई महामन्त्री पदका लागि एक दर्जन नेताहरुले दावेदारी पेश गरिसकेका छन् । जसमा इतर पक्षका ५ ,संस्थापन पक्षका ६ ,सिटौला समूहबाट १ जना छन् ।

बालकृष्ण खाण, विश्वप्रकाश शर्मा,डा। प्रकाशशरण महत, रमेश लेखक, एनपी साउद र ज्ञानेन्द्र कार्की संस्थापन पक्षबाट रहेका छन । त्यसैगरी संस्थापन इतर पक्षबाट डा .मिनेन्द्र रिजाल, गगन थापा,धनराज गुरुङ, चन्द्र भण्डारी र दीपक गिरीले महामन्त्रीका लागि दावेदारी पेश गरेका छन् ।
केन्द्रीय सदस्य खुल्लातर्फ ३५, प्रदेशतर्फ २१, महिला ९, समावेशी ५४ अल्पसंख्यक २ र अन्य थप गरी ३३ जना सदस्यका लागि पनि आकांक्षीहरूले धमाधम उम्मेदवारीको घोषणा भईरहेको छ ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.