मेरो नाममा सहमति गर्नूस् : सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफूलाई नै १४ औँ महाधिवेशनमा पौडेल पक्षबाट सर्वसम्मत सभापतिको उम्मेदवार बनाउन आग्रह गरेका छन् । 

पौडेलको नाममा सहमति जुटाउन सिंह निवास पुगेका अर्जुननरसिंह केसी, बलबहादुर केसी र महेश आचार्यसँग उनले सो बताएका हुन् ।

बिहीबार बिहान बत्तीसपुतलीमा बसेको पौडेल समूहको केन्द्रीय कमिटीको बैठकले पौडेललाई नै  सर्वसम्मत नेतृत्व चयन गर्ने निर्णय गरेको थियो । सोहीबमोजिम उल्लेखित नेता सिंह निवास चाक्सीनिवास पुगेका थिए । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.