युवासंघद्वारा श्रेष्ठ हत्याको छानबिन गरी कारबाही गर्न माग

काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले जिल्ला कमिटी भक्तपुरका सदस्य राजु श्रेष्ठ (आर.पी ) हत्याको छानबिनको माग गरेको छ । 

बिहीबार युवासंघले दबाब तथा  पत्रकार सम्मेलन गरी जिल्ला कमिटी भक्तपुरका सदस्य क. राजु श्रेष्ठ (आर. पी )को बीभत्स र निर्मम हत्याको सत्य तथ्य छानबिन गरी दोषीमाथि कडा कारबाही माग गरेको हो । 

‘२०७८/ ०८/२१ मंगलबार राति सूर्यविनायक नगरपालिका बालकोटस्थित हनुमन्ते पुलनजिकै राष्ट्रिय युवा संघ नेपाल, जिल्ला कमिटी भक्तपुरका सदस्य क. राजु श्रेष्ठ (आर. पी )को वीभत्स र निर्मम हत्याको सत्य तथ्य छानबिन र दोषीमाथि कडा कारबाहीको माग गर्छौँ,’ युवासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

युवासंघले बिहीबार नयाँथिमी भक्तपुरमा पत्रकार सम्मेलन गरेको थियो ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.