उमादेवी वादीलाई पुरस्कार प्रदान

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार २०७७’ उमादेवी वादीलाई प्रदान गरिएको छ । उनले सामाजिक न्याय र मानव अधिकारका क्षेत्रमा ठुलो योग्दान पु¥याएकाले गर्दा उनलाई यो पुरस्कार वितरण गरिएको हो ।

७३औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर आज शान्ति समाजद्वारा काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा रक्षामन्त्री डा. मिनेन्द्र रिजालले वादीलाई १ लाख १० हजार रुपैयाँ पुरस्कार राशीसहित सम्मानपत्र प्रदान गरेका हुन ।


प्रमुख अतिथि तथा रक्षामन्त्री डा. मिनेन्द्र रिजालले मानव अधिकार, सामाजिक न्यायका वादीले न्यायको क्षेत्रमा पु¥याएको योगदानका वारेमा चर्चा गरेका थिए । आज भएको कार्यक्रममा अन्य विशिष्ट ब्यक्तिहरुकाे  समेत उपस्थिति रहेको थियो ।

 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.