सबै क्षेत्रमा विधुतीय साधनको उपयोग गर्नुपर्छ :  मन्त्री भुसाल

काठमाडौँ । सबै क्षेत्रमा विधुतीय साधनको उपयोग गर्नुपर्ने ऊर्जा तथा सिँचाइमन्त्री पम्फा भुसा्ले बताइन । आज काठमाडौंमा भएको सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय महासंघ नेपालको छैटौँ राष्ट्रिय महाधिवेशनको उद्घाटनमा बोल्दै विधुतीय क्षेत्रको विकासमा सबै क्षेत्रमा जलविधुतको खपत गर्नूपर्ने बताएकी हुन ।

जनतामा २ वर्ष भित्रै विधुतीकरण गर्ने सरकारको नीति रहेकोमा सामुदायिक विधुत उपभोक्ता महासंघले सहयोग गर्न तयार रहेको बताइन ।

महासंघको नेतृत्वले सबै क्षेत्रमा जलविधुत उत्पादन गर्ने अभियानलाई अघि बढाउन प्रोत्साहन गर्ने उनले दावी गरेकी छिन । उनका अनुसार समयअनुकुल हुनमा नेपालमा जलविधुत उत्पादन र प्रसारणमा बढी ध्यान केन्द्रित भइ यसमा लागु पर्नेछ ।


सरकारले अघि बढाएका नीतिका कारण निजी उत्पादकले समेत विधुतीय उत्पादन गर्न पाउने अवसर रहेकाले गर्दा अब आगामि दिनमा घरायसी प्रयोगमा प्रर्याप्त विधुत उपलब्ध गराउने स्थितिमा रहेको उनले बताइन । उनले भनिन , ‘ आजको यो अधिवेशनले
यो कुरालाई ध्यान राख्नुपर्ने रहेको छ । ’


अधिकांश सामुदायिक संस्थाहरुले समयमै विद्युत भुक्तानी नगरेको, नियमावलीले निर्धारण गरेको भन्दा बढी क्षमताको लोड स्वीकृति गर्ने गरेको र उचित समयमा नै ग्राहकहरुको समस्या समाधान नगरेको गुनासो मन्त्रालयमा आइरहेको बताइन् । यस विषयमा नेपाल विधुत प्राधिकरणबाट सेवा दिन अनुरोध गरिरहेको गुनासो आएको उनले बताएकी छिन ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.