कांग्रेसको महाधिवेशन, राजाको चर्चा

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन समारोहमा राजनीतिक पार्टीका प्रमूखहरुले शुभकामना दिने क्रममा एकपछि अर्कोले पूर्व राजा ज्ञानेन्द्र शाह र उनी निकट राजनीतिक पार्टी राप्रपाको आलाचना गरेका छन् ।

कांग्रेस महाधिवेशनको अवसरमा एउटै मञ्चमा भेटिएका केपी शर्मा ओली, प्रचण्ड र माधव नेपालले एक अर्काको आरोप प्रत्यारोपमा लाग्नु नौलो कुरा होईन । तर कांग्रेस महाधिवेशनको मञ्चमा आरोप प्रत्यारोप कम तर एउटा विषयमाथी सबै एकै ठाउँमा उभिए ।

महाधिवेशनमा राप्रपाको तर्फबाट नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले राजतन्त्र अब अपरिहार्य रहेको भन्दै आफ्नो धारणा राखेका थिए । उनले गाउँघरमा नेताहरु जाँदा जनताले चोर आएको भनेर भन्छन् भन्दै अभिव्यक्ति दिएपछि ओली, प्रचण्ड र नेपाल एकै ठाउँमा उभिएर लिङ्देनको भाषणको प्रतिवादमा उत्रिए ।

लिङ्देन लगतै बोलेका नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले राजाको चर्को आलोचना गरे । उनले नेपालमा राजतन्त्रको कुनै सम्भावना नरहेको बताउँदै राजा ज्ञानेन्द्रलाई एउटा पार्टी खोल्न सुझाव दिए । आफूहरुले लोकतन्त्र, नेपाली जनताको रक्षा गर्न आफूहरु सक्षम रहेको बताए ।

त्यस लगतै बोलेका माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले पनि राजाकै चर्को आलोचना गरे । उनले पनि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई इंगित गर्दै राजाको सपना नदेख्न अनुरोध गरे ।

त्यसपछि बोलेका केपी शर्मा ओलीले पनि शुरुमा राप्रपाका अध्यक्ष लिङ्देनकै आलोचना गरे । भर्खर–भर्खर पार्टीमा नयाँ जिम्मेवारी पाएका छन् । बोल्न जानेनन् होला भन्दै ओलीले लिङ्देनलाई व्यङ्ग्य गरे । नेताहरु आरोप प्रत्यारोप भन्दा पनि कांग्रेस महाधिवेशनमा राप्रपा पार्टी र पूर्व राजा ज्ञानेन्द्र शाहको आलोचना व्यस्त रहे ।

शुरुमा राप्रपा अध्यक्ष लिङ्देनले आक्रमक रुपमा नेताहरुलाई गालि गर्दै राजाको विकल्प नेपालमा नरहेको दावी गरे त्यस लगतै राजनीतिक पार्टीका नेताहरु एक पछि अर्को राजा र राप्रपाकै आलोचना गरेका हुन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.