कांग्रेस महाधिवेशन उद्घाटनमा कसले के भने ?

मेरो सरकार बनेपछि जनताले राहत पाएका छन् : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो सरकार बनेपछि जनताले राहत पाएको बताएका छन् ।

शुक्रबार कांग्रेस महाधिवेशनसत्रलाई संबोधन गर्ने क्रममा देउवाले सो बताएका हुन् । संबोधनका क्रममा उनले कार्यकर्तासँग  आफूलाई पुन: एकपटक सभापतिमा जिताउन आग्रह गरे । आफू सभापति भएसँगै प्रधानमन्त्री बन्ने र देशलाई अशान्तिबाट मुक्त गराउने उनको भनाइ थियो ।

संबोधनका क्रममा उनले वरिष्ठ नेता रामचन्द्र पौडेलप्रति कटाक्ष गरेका थिए । आफूले थोरै समय बोलेका उनले पौडेलप्रति विचरा चिसोका कारण रामचन्द्र पौडेलज्यूले बोल्न पनि सक्नुभएन भनी कटाक्ष गरेका थिए । पौडेलले मन्तव्य राख्ने क्रममा देउवाको आलोचना गरेका थिए ।

एमालेलाई अनुशरण गर्नूस् : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक पार्टीहरुलाई एमालेले गरेको कुरा अनुशरण गर्न अनुरोध गरेका छन् ।

शुक्रबार कांग्रेस महाधिवेशन उद्घाटनका क्रममा उनले राजनीतिक दलहरुलाई सो आग्रह गरेका हुन् ।

सरकारबाट हट्नुपर्ने चिन्ता केही दललाई भएको भन्दै एक्लै हिड्न सक्ने सानातिनालाई साथमा लिएर हिड्ने बाटो बनाउन सक्ने पार्टी एमाले भएको भन्दै फलो गर्न सुझाए ।

नेकपा माओवादी र नेकपा (एकीकृत समाजवाी)लाई इंगीत गर्दै सानो दलहरुले ठूलो दलसँगको सहकार्य खोज्ने भन्दै सहकार्यमा चाप्लुसी हुनसक्ने भन्दै कांग्रेलाई सचेत रहनसमेत आग्रह गरे ।

सोही क्रममा उनले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनतिर इंगित गर्दै भर्खर भर्खर अध्यक्षमा आएको भन्दै राप्रपामा नेताहरुलाई चोरको संज्ञा दिए।

उनले बोल्दा बोल्दै माइक अफ भएको थियो ।

ओलीले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालको अभिव्यक्ति नेपाली कांग्रेस र हामी सबै सँगै मिलेर जाने भनेको के भनी प्रश्न गर्दैगर्दा माइकको बन्द भएको हो ।

माइक बन्द भएसँगै औँलाले ट्याकट्याक हानेका उनले कांग्रेलाई शुभकामना भन्दै मञ्चमा गएका थिए । उनले कसैलाई कांग्रेसले औँलो समाउन दिएन भने के होला भन्ने पीर छ कसैकसैलाई, प्रचण्डको अभिव्यक्तिप्रति इंगित गर्दै ओलीले यो अभिव्यक्ति दिँदा गर्दा माइक बन्द भएको थियो ।

सो क्रममा उनले भनेका थिए, ‘म सुन्छु सँगै जानुपर्छ भनेको सुन्छु । सँगै जान्छु भनेको के चुनावसम्म कि पछिसम्म कि देश बनाउन सँगै जाने हो? देश बनाउन जाने क्रममा नेपाली कांग्रेसको साथमा नेकपा एमाले सँगै छ । हामी सरकारमा नभएर प्रतिपक्षमा छौँ । प्रतिपक्ष भनेको के संसदको अंग होइन ।’

नेपालबाट भारतले प्रधानमन्त्री बनाउने संस्कृति सिकोस् : प्रचण्ड

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले भाजपा नेताको अभिव्यक्तिप्रति टिप्पणी गरेका छन् ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनका क्रममा भाजपा पार्टीका हर्षवर्द्धनको अभिव्यक्तिप्रति इंगित गर्दै नेपाली राजनीतिक दल एकले अर्को पार्टीका नेतालाई प्रधानमन्त्री बनाउन सक्ने बताउँदै यो प्रवृति भारतले पनि सिक्न आवश्यक रहेको बताए । 

भाजपाका नेता हर्षवर्द्धनले आफूले एउटै मञ्चमा आफूले यतिधेरै प्रधानमन्त्री कहिल्यै नदेखेको बताएका थिए ।

यद्यपि उनले यो अभिव्यक्ति दिँदा भारतीय अतिथि मञ्चबाट बाहिरिएका थिए । प्रचण्डले आफूहरुले एकले अर्कालाई प्रधानमन्त्री बनाएका हौँ भन्दा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले टाउको हल्लाएका थिए ।

त्यसैगरी, अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड शुक्रबार निकै नरम अभिव्यक्ति दिए । २०७७ पुस ५ यता पहिलोपटक एउटै मञ्चमा देखिएका उनले पहिलोपटक ओलीप्रति नरम अभिव्यक्ति दिएका हुन् । 

लगातार हरेका कार्यक्रममा केपी ओलीमाथि खनिने प्रचण्डले पहिलो पटक केपी ओलीप्रति लचक बनेका हुन् । 

नेपाली कांग्रेसको गुनगाण गाउँदै कांग्रेसले सरकारको नेतृत्व गरेको पालामा माओवादीले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेपछि नेपालमा लोकतान्त्रिक गनणतन्त्रलाई संस्थागत गर्ने बाटो खुलेको उनको दाबी थियो ।

नेपाली कांग्रेससँग माओवादी केन्द्रको विशिष्ट सम्बन्ध रहेको बताउँदै उनले कांग्रेससँग माओवादीको गहिरो एकता कायम हुनुपर्ने बताए । एक्लै हिड्न नसक्ने भन्दै उनले गठबन्धनबाट प्राप्त भएको सफलतालाई संस्थागत गर्दै पुनः एकता कायम गर्नुपर्नेमा उनको जोड थियो ।

अन्तिममा प्रचण्डले ओलीतिर इंगित गर्दै एक्लै हिड्ने मान्छे र पार्टी ओरालोतिर लाग्ने बताए । एक्लै हिड्नेहरुलाई बाटोमै छोडेर गठबन्धन भनेको बताउँदै उनले एकसाथ अघि बढ्नुपर्ने बताए ।

त्यसैगरी, उनले राजनीतिक दल र तिनका नेताहरुलाई बद्नाम गराएर निरकुंश निम्त्याउन खोजिने गरेको बताएका छन् । उनले अहिले पनि दल र तिनका नेताहरुलाई बद्नाम गराउन खोजेको बताए ।

‘अघि एक जना नेता (राजेन्द्र लिङ्देन)ले भन्नुभयो– नेता आयो भने चोर आयो भन्छन्’, उनले भने, राजनीतिक दल र तिनका नेतालाई बद्नाम गराएर निरकुंश निम्त्याउन खोजिन्छ ।’

आन्दोलन र सडकमा रहँदा जनतामाझ गरिएको वाचा पूरा गर्न सत्तामा पुगेका बेला बिर्सिने राजनीतिक परिपाटीको समीक्षा गर्नुपर्ने बेला भएको उनले बताए ।
सत्तामा पुगेपछि नेताहरुमा दम्भ बढेर आउने भएकाले काम गर्न नसकेको आफैँले अनुभव गरेको बताएका प्रचण्डले गत वर्षदेखि गणतन्त्र र राजनीतिक उपलब्धीमाथि खतरा बढेर गएको देखेको बताए । शान्ति वार्ता गर्ने पहिलो व्यक्ति शेरबहादुर देउवा रहेको बताए । 

ज्ञानेन्द्रले नयाँ पार्टी खोले हुन्छ : नेपाल 

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेपालको आकाशमा कालो बादल मडारिरहेको देखेको बताएका छन् । उनले नेपालमा राजतन्त्रको कुनै सम्भावना नरहेको बताउँदै राजा ज्ञानेन्द्रलाई एउटा पार्टी खोल्न सुझाव दिए ।

सो क्रममा उनले लोकतन्त्र, नेपाली जनताको रक्षा गर्न आफूहरु सक्षम रहेको बताए । नेपाली राजनीतिमा विकृति रहेको बताउँदै लोकतन्त्र बचाउने हो भने एकले अर्काको सम्मान गर्नुपर्ने उनले बताए ।

२०६२ सालको क्रान्तिको स्मरण गर्दै नेपालले शोषण, विभेद,कृषिको आधुनिकीकरण गर्नुपर्ने बताए । ‘जनता किन वैरागिएका छन् । त्यसको शोधखोज र अनुसन्धन गरेर । बौद्धिक जगतले असल ज्ञान दिनुपर्छ,’उनले भने ।

संविधान संशोधन गर्नुपर्छ: यादव 

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले विभिन्न समयमा भएका राजनीतिक उपलब्धिको रक्षाका लागि संविधान संशोधन आवश्यक रहेको बताएका छन् ।

नेपाली कांग्रेसको उद्घाटनसत्रलाई संबोधन गर्ने क्रममा उनले सो बताएका हुन् । सो क्रममा उनले संविधान संशोधन गरेर सबै वर्ग र समुदायको माग सम्बोधन गर्नुपर्ने बताए ।

उनले अब जनताको माग सम्बोधन गर्न ढिलो गर्न नहुने बताए ।

संविधानप्रति हाम्रो असन्तुष्टि कायम छ : ठाकुर

लोसपाका अध्यक्ष महन्थ ठाकुरले संविधानप्रति आफ्नो असन्तुष्टि कायम रहेको बताएका छन् ।

थरुहट आन्दोलन हुँदा आफूहरुले मधेशमा शान्तिपूर्ण भएको तर, सोविरुद्ध गोली चलेको बताए । सो क्रममा उनले आफ्ना सांसद र नेता जेलमा रहेको बताए । उनले भने, ‘ अहिले पनि हाम्रा कार्यकर्ता जेल जीवन बिताइरहेका छन् ।’

सो क्रममा उनले केपी शर्मा ओलीको पालामा १३९ जना जेलमुक्त भएको बताउँदै उनले धन्यवादसमेत थिए । साथै उनले बाँकी नेता कार्यकर्तालाई जेलमुक्त नगरे आन्दोलन हुनसक्ने चेतावनीसमेत दिए ।

अदालको विवादतर्फ इंगित गर्दै उनले अरुको मुद्दा मिलाउने अदालतले आफ्नो मुद्दा आफैँ मिलाउन शुभेच्छा प्रकट गरे । 

जनता नेता गाउँ जाँदा कुन चोर आएछ भन्न थालेः राजेन्द्र लिङ्देन

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नेता गाउँजाँदा कुन चाेर आएछ भन्न थालिएको बताएका छन् ।

लिङदेनले कांग्रेसको १४ औँ महाधिवेशन उद्घाटनका क्रममा यस्तो बताएका हुन् ।

उनले भने 'देशको राजनीति अहिले आम जनताको दृष्टिकोणमा लिकबाट बाहिर गएको देखिन्छ । सरकार सरकार जस्तो छैन । संसद् संसद्जस्तो छैन अदालत अदालत जस्तो छैन । यो सबैलाई ठिक लगाउने राजनीतिले हो ।

तर राजनीतिलाई ठिक ठाउँमा ल्याउने नेताहरूले विश्वास गुमाएको अवस्था छ ।’

महाधिवेशको सम्बोधनका उनले भने ‘गाउँघरमा नेता लगेर कुनै एक ठाउँ वा चौतारोमा राखेर छिमेकीहरू बोलाउन जाँदा गाउँलेले नेताको नाम सम्झिँदैनन् । कुनचाहिँ चोर आएछ त्यहाँ भन्छन् मान्छेहरूले’ अब देशका राष्ट्र प्रमुखको रूपमा राजसंस्था, जनताले सोझै निर्वाचित गर्ने प्रधानमन्त्री, पूर्ण समानुपातिक संसद्, सांसदले मन्त्री हुन नपाउने नयाँ व्यवस्था लागू गरेर जाऔँ ।

त्यसैगरी, लिङ्देनले राजसस्था र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, पूर्ण समानुपातिक संसद , सांसदले मन्त्री हुन नपाउने व्यवस्था लागू गर्न प्रस्ताव गरेका छन् ।

सो क्रममा उनले सरकार सरकारजस्तो नभएको बताउँदै अदालत अदालत अदालतजस्तो नभएको बताए । ‘यो सबैलाई ठिक लगाउने राजनीति ठीक छैन । राजनीतिकलाई ठीक लागउने नेता ठीक छैनन् । तर, आज नेताहरुले पूर्ण रुपले विश्वास गुमाएको अवस्था छ । विश्वास मरेको अवस्था छ,’ सो क्रममा उनले भने ।

देश ‘कू’ शासनतर्फ उन्मुख छ : मैनाली

नेकपा मालेका महासचिव सिपी मैनालीले देश शासनभन्दा पनि कु शासनतर्फ उन्मुख भएको बताएका छन् । 

१४ औँ महाधिवेशनलाई संबोधन गर्ने क्रममा मैनालीले देश परमादेशबाट सरकार बनेको, सभामुखमाथि अदालतमा मुद्दा रहेको बताउँदै उनले सो बताएका हुन् ।

महाधिवेशनलाई शुभकामना दिने क्रममा उनले एमसिसीतर्फ संकेत गर्दै नेपाली नेता केही पैसामा फस्न नहुने बताए । त्यसैगरी, उनले कांग्रेस नेता बिपी कोइरालाको नेतृत्वमा भएको प्रजातन्त्रीकरण अभियान थालेको नेताहरूले भुलेको बताए ।

उनले देशमा व्यवस्था फेरिए पनि अवस्था नफेरिनुमा बिपीको अगुवाइमा भएको प्रजातन्त्रीकरण अभियानको मर्म र उद्देश्यलाई राजनीतिक दल र तिनका नेता भुलेको परिणामको रुपमा अर्थ्याए । 

आन्तरिक किचलो र बाह्य हस्तक्षेपले देश अस्थिरतामा फस्दै आएको बताउँदे उनले देशका कार्यकारी प्रमुखले देशको अवस्थाबारे जानकार नरहेका टिप्पणी गरे । 

देशभक्त शक्ति एकजुट भएर देशको समस्या समाधान गर्दै अघि बढ्नुपर्नेमा जोड दिँदै उनले न्यायालयलाई भागबन्डा दिएर सरकार चलाइरहेको आरोप लगाए ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.