खैरेनीटारमा वडास्तरीय भलिबल

तनहुँ । तनहुँको खैरेनीटारमा वडास्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ । लाङ्घाली मगर समाजको आयोजनामा प्रथम लाङ्घाली मगर समाज एकान्कुना भलिबल कप सुरु भएको हो ।

प्रतियोगिताको उद्घाटन खेलमा शुक्लागण्डकी नगरपालिका– १० विजयी भएको छ । भिमाद नगरपालिका– १ लाई ३– ० को सोझो सेटमा पराजित गर्दै शुक्लागण्डकी– १० दोस्रो चरणमा प्रवेश गर्न सफल भएको हो । भिमाद– १ लाई २५– १८, २५– २१ र २५– २० को स्कोरमा पराजित गरेको हो ।

दोस्रो खेलमा भिमाद नगरपालिका– ९ विजयी भएको छ । शुक्लागण्डकी– ६ लाई ३– १ को सेटमा पराजित गर्दै भिमाद–९ विजयी भएको हो । भिमादले– ९ ले २२– २५, २५– १८, २६– २४ र २८– २६ को स्कोरमा पराजित गर्न सफल भएको हो ।

प्रतियोगितामा तनहुँसँगै स्याङजा र नवलपुरका १२ टिम सहभागी छन् । विजेताले नगद ६० हजार रुपैयाँ पाउनेछ । दोस्रो, तेस्रो र चौथो हुने समूहले क्रमशः ४० हजार रुपैयाँ, २५ हजार रुपैयाँ र १० हजार रुपैयाँ पाउनेछन् ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.