पुबुदु पुन: राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त

काठमाडौं । पुबुदु दसानायके पुन: राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । 

शनिबार बिहान बसेको बोर्ड बैठकले पुबुदुलाई मुख्य प्रशिक्षकमा पुन: नियुक्त गरेको हो । दसानायकेले यसअघि पनि चार वर्ष नेपाली राष्ट्रिय टोलीको प्रशिक्षकको जिम्मेवारी निभाएका थिए ।

दसानायकेले नेपाली प्रशिक्षक रहेका बेला राष्ट्रिय टिमले राम्रो परिणाम ल्याएको थियो।  २०११ को अक्टोबरमा पहिलो पटक नेपालको मुख्य प्रशिक्षक नियुक्त भएका दसानायकेकै प्रशिक्षणमा नेपालले सन् २०१४ मा बंगलादेशमा भएको ट्वान्टी-२० विश्वकप खेलेको थियो ।

नेपाली टोलीको मुख्य प्रशिक्षक बन्न ६० जनाले आवेदन दिएका थिए ।  पुबुदुसँगै भारतीय प्रशिक्षक मोन्टी देसाई पनि प्रतिस्पर्धाको अग्रपंक्तिमा थिए ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.